६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ।

यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर बिरोध प्रदर्शनमा उत्रिका छन्। कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पु¥याएको भन्दै उनीहरु बिरोधमा उत्रेका छन्।

सानो विषयलाई अपराधिक शैलीमा व्यवासायीलाई पक्रेर पथलैया पु¥याइएपछि व्यवसायीहरु आक्रोशित भएका छन्।

प्रकाशित: १७ माघ २०८० १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App