१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भारतीय सर्वोच्च अदालतकाे हिरक जयन्तीमा पुगे प्रधानन्यायाधीश श्रेष्ठ

फाइल तस्बिर।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको सर्वोच्च अदालतको स्थापना दिवस मनाउन भारत पुगेका छन्।

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश डी वाई चन्द्रचूडको मैत्रीपूर्ण निमन्त्रणामा अतिथिको रुपमा श्रेष्ठ गएका हुन्।

भारतीय सर्वोच्च अदालत स्थापनाको ७५ औं वार्षिकोत्सव अर्थात् हिरक जयन्तीको उपलक्ष्यमा हुने आयोजित कार्यक्रममा नेपालको तर्फबाट अतिथिको रुपमा गएका हुन्।

त्यसै सिलसिलामा आज प्रधानन्यायाधीश श्रेष्ठसहित सर्वोच्चको एक टोली भारत गएको अदालत प्रशासनले जनाएको छ।

प्रकाशित: १३ माघ २०८० १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App