१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु

बीरगञ्जमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएकाहरूको पहिचान खुलेको छ।

बीरगञ्जको वडा नम्बर १५ जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा बिहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जना एमबिबिएसमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ निवासी सुमित यादव र बारा सुवर्णपुर का संजित यादव रहेका छन्। मृतक दुवै जना बीरगन्जको नेशनल मेडिकल कलेजमा एमबिबिएसको दोस्रो वर्षमा अध्ययनरत रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले बतायो।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ। मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जनाए।

प्रकाशित: ७ माघ २०८० ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App