११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

पूर्व राजा ज्ञानेन्द्र शाहले गरे गढीमाईको पूजा

पूर्व राजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूजापाठ गरेका छन्।

मधेश प्रदेशको बारा, पर्सा, रौतहट एवं सर्लाहीको धार्मिक भ्रमणमा रहेका शाहले बिहीबार साँझ गढीमाई मन्दिरमा पूजापाठ गरेका हुन।

गढीमाईको दर्शन गर्न आएका शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए। पूर्व राजा आउने जानकारी पाएपछि स्थानीयहरूले फूल माला सहित उनको स्वागत गरे। उनीहरुले शाहको पक्षमा केही समय नाराबाजी समेत गरेका थिए।

‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको जनताको, जनता कसको राजाको’ लगायतका नाराहरू घन्किएका थिए।

आगामी माघ १३ गते वीरगन्जस्थित लाल बंगलाको प्राङ्गणमा पूर्व राजा शाहलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम समेत रहेको बताइएको छ।

प्रकाशित: ४ माघ २०८० १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App