१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

छोराको हत्या गरेर फरार भएका बुबा पक्राउ

छोराको हत्या गरेर भारततर्फ भाग्दै गरेका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।

पञ्चपुरी नगरपालिका–६ कुवापानीका नयाँराम बुढाले १८ वर्षीय छोरा भरत बुढाको सोमबार राति घर नजिकै हत्या गरेका थिए। प्रहरीसँगको प्रारम्भीक बयानका क्रममा नयाँरामले छोराको हत्या गरेको स्वीकार गरेका छन्। 

हत्या गरेर फरार रहेका बुढालाई पक्राउ गर्न संघीय प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, प्रदेश प्रहरी कार्यालय सुर्खेतले वरिष्ठ नायव निरीक्षक नारायण शर्माको कमाण्डमा टेकराज पराजुली, नवीन योगीसहितको टोली खटाएको थियो भने जिल्ला प्रहरी कर्याालयले प्रहरी हवल्दार टिकाराम आचार्यलाई खटाएको थियो।

प्रहरी स्रोतका अनुसार भारततर्फ भाग्दै गरेका नयाँराम कैलालीको टीकापुर नगरपालिका–१ को लम्कीपुर नजिकैबाट समातिएका हुन्। प्रारम्भीक बयानका क्रममा नयाँरामले छोराले आफ्नाविरुद्ध प्रहरीमा जाहेरी दिएको, मार्ने धम्की दिएको बताएका छन्।

‘मिलापत्रका लागि बोलाएकाले भारतबाट आएको थिएँ,’ उनले प्रारम्भीक बयानमा भनेका छन्, ‘घरभित्र पस्दा छोरा–छोरीले कुटपिट गर्ने डरले बाहिरै बसिरहेको बेला उनीहरु बाहिर निस्के त्यहीँ बेला बन्चरो र हसियाँले आक्रमण गरेको हुँ।’ उनले हसियाँमा रगत लागेकाले धोएर घरभित्रै राखेर आफू भागेको बताएका छन्।

प्रकाशित: ४ माघ २०८० ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App