१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रिय योग दिवसका अवसरमा महिलाहरु कै अगुवाइमा वैदिक यज्ञ योग

राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवा स्थित राधाकृष्ण मन्दिरमा महिलाहरूको अगुवाइमा सोमवार बिहान वैदिक यज्ञ योग ( हवन ) सम्पन्न गरिएको छ।

एक दर्जन महिलाहरूले राधा कृष्णमा यज्ञ कुण्ड बनाई वैदिक विधि अनुसार हवन गरेका हुन।वैदिक विधि विज्ञ विदुषी पार्वती शर्माको अगुवाइमा हवन गरिएको हो।हवनमा गायत्री गुप्ता, सरस्वती पौडेल सरिता निसाद माया पाण्डेय, सरिता तमाल कमला रायमाझी लगायतका महिलाहरु यज्ञमा कर्ताहरूमा सहभागी थिए।यज्ञ बिहान एक घण्टा सम्म चलेको थियो।

महिलाहरु कै अगुवाइमा जिल्ला मै तेस्रो पटक यज्ञ गरिएको विदुषी पार्वती शर्माले बताईन।‘ यज्ञ महिलाहरूले पनि गर्न सक्छन् यो हामीले गरे देखाएका छौ ’ उनले भनिन।महिला अधिकारका कुरा उठी रहेको बेला यसरी महिला कै अगुवाइ गरिएको यो यज्ञले समाजमा राम्रो सन्देश जाने उनले बताईन।‘ महिलाहरूलाई अवसर दिइए हामीले पुरुष सरह काम गर्न सक्छौ ’ उनले भनिन।

महिलाहरूलाई पूजापाठ हुँदा ब्रत बस्न पर्ने, पुजापाठककाे तयारी गर्नु पर्ने मात्र अवसर दिइने गरिएकोमा महिला कै अगुवाइ र सहभागितामा पवित्र यज्ञ हुन आफैमा निकै सकारात्मक कुरा भएको पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष तथा योग प्रशिक्षक नारायण पौडेले बताए।उनले महिलाहरु कर्ता भई गरिएको यो यज्ञ आफैमा प्रशंसनीय कार्य रहेको बताए।

उनले यो कार्यले महिलाहरूको हौसला बढने र उनीहरूलाई प्रेरणा मिल्ने बताए।कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र र पताञ्जली योग समिति तौलिहवाको संयुक्त आयोजनामा महिलाहरूको अगुवाइमा वैदिक यज्ञ, योग शिविर र स्वास्थ्य परीक्षण सम्पन्न गरिएको हो।

योग शिविरमा महिला र पुरुष गरी ३० बढीको सहभागीता थियो।शिविरमा एक घण्टा सम्म योग प्रशिक्षक पौडेलले योग अभ्यास गराएका थिए।यस्तै शिविरमा ५० बढीको सुगर र प्रेसरको जाँच गरिएको थियो।स्वास्थ्य केन्द्रका चिकित्सक आषिष चौधरी, वरिष्ठ कविराज निरीक्षक हरिलाल पाध्या, ल्याब टेक्निीसियन रिता श्रेष्ठ अनुसा घिमिरे लगायतको टोलीले स्वास्थ्य जाँच गरेका थिए।  

 

प्रकाशित: १ माघ २०८० १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App