१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तनहुँमा जीप दुर्घटना हुँदा, दुइजनाको ज्यान गयो, दश घाइते

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्। तनहुँ प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीमा बुधबार बिहान जीप दुर्घटनामा परेको हो।  

तनहुँका प्रहरी प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार ग१ज ६३५६ नम्बरको जीप डेढगाउँ–भीमाद भित्री सडक खण्डमा दुर्घटनामा परेको हो। सडकबाट करिब एकसय ५० मिटर तल खसेको उक्त जीप दुर्घटनामा परेर नवलपुर बौदीकाली गाउँपालिका–२ का ४२ वर्षिय रुमबहादुर विक र सोही वडाको डेढगाउँका ५५ वर्षिय जेमलाल दरैको मृत्यु भएको डिएसपी खाँणले बताए ।  

विक र दरैको तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रमा उपचारको क्रममा मृत्यु भएको खाँणले बताए। दुर्घटनामा अन्य यात्रुमध्ये ४ जनाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र ६जनाको गण्डकी अस्पतालमा उपचार भईरहेको उनले बताए। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको पनि डिएसपी खाँणले जानकारी दिए।  

प्रकाशित: २५ पुस २०८० ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App