१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एसपी बढुवामा राजनीतिक प्रभाव

नेपाल प्रहरीमा रिक्त रहेको सात  प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा रोकिएको छ।

प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस गर्ने भएपनि राजनीतिक दबाब परेकाले बढुवा रोकिएको हो।

सात दरबन्दीमा  बढुवा  लागि १२ जना डिएसपी प्रतिस्पर्धामा रहेको र त्यसमा पनि राजनीतिक पहुँच राख्ने डिएसपीहरू बढुवा क्रममा पछि रहेका कारण रोकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।  ‘दुई महिना अगाडि नै भइसक्नु पर्ने बढुवा राजनीतिक दबाबका कारण अहिलेसम्म हुन सकेको छैन’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

अहिले बढुवाको प्रतिस्पर्धामा डिएसपीहरू प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्टसहित डिएसपी राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे रहेका छन्।

डिएसपीहरू  लिम्बू र तामाङ, कोइराला, शर्मा र घिमिरे पनि आफ्नो क्षेत्रबाट बढुवाको लबिङमा लागिरहेका छन्। उनीहरु मध्ये केहीले राजनीतिक दबाब दिएपछि गृह मन्त्रालयले समेत प्रहरी महानिरीक्षक वसन्त कुवँरलाई समेटेर बढुवा निकाल्न दबाब दिएको छ। ‘दरबन्दीभन्दा बढी बढुवा निकाल्न सकिँदैन, उनीहरुलाई समेट्नका लागि केही समय कुर्नुपर्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

प्रहरी प्रधान कार्यालयले डिएसपीबाट एसपी बढुवाको तयारी एक महिना अघि नै गरेको थियो। तर कताबाट रोकिएको हो भन्ने बारेमा केही बताएको छैन। डिएसपीबाट बढुवा र एसपीको सरुवा अब चाडै हुन्छ’, प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने। उनले डिएसपीबाट एसपीको बढुवा तयारी अवस्थामा रहेको पनि बताए। 

प्रकाशित: २४ पुस २०८० ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App