१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मटिहानीमा एक युवकको विभत्स हत्या

महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिका ७ मा एक युवकको विभत्स हत्या भएको छ। मटिहानी नगरपालिका ७ घर भएका ३५ वर्षिय रमेश ठाकुरको विभित्स तरिकाले हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

टाउको र शरिर भरि रगताम्य भएको अवस्थामा ठाकुरको शव मटिहानी नगरपालिका ७ स्थित खानेपानी टंकीको परिसर अगाडी सडक छेमै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।

‘टाउकोमा गह्रुँगो सामानले प्रहार गरेर हत्या गरिएको अवस्थामा ३५ वर्षिय ठाकुरको शव फेला परेको छ। ’ एसपी कडायतले भने ‘हत्या कसले र किन गरेको कारण खुल्न सकेको छैन। ’

घटनास्थल वरिपरि घना बस्ती भए पनि हत्या भएको ठाउँ शुनशान रहेको र त्यहि ठाउँमा ठाकुरको हत्या गरिएको अवस्थामा शव फेला परेपछि अहिले मटिहानीगरवासी त्रसित छन्।

घटनाको प्रकृति हेदा युवक यादवको हत्या एक जनाले नभई समूहमै भएको हुन सक्ने प्रहरीको प्राराम्भीक अनुसन्धानबाट देखिएको छ।

मृतकको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल ल्याइएको र पोष्टमार्टम पछि परिवारजनलाई वुझाइने प्रहरीले जनाएको छ। उनले मटिहानी बजारमै शैलुन चलाउँदै आएका थिए। उनका एक श्रीमती र ४ छोरा छोरी छन्।

प्रकाशित: ५ फाल्गुन २०७४ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App