१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु, २ गम्भीर

महोत्तरीको औरहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन्।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिकै गयराति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। 

गिरीका अनुसार एउटा मोटरसाइकलमा ३ जना र एउटामा एकजना सवार थिए। जसमा मोटरसाइकल चालक दुबैको मृत्यु भएको हो भने २ जना घाइते भएका हुन्।

दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी गिरीले बताए।

दुर्घटनामा भङ्गहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन्। 

गोसाईको जनकपुरस्थित न्यूरो अस्पतालमा भइरहेको छ भने यादवको बर्दिबासको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २४ पुस २०८० ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App