७ असार २०८३ आइतबार
image/svg+xml
समाज

बागमती नदीमा फसेका १४ जनाको सकुशल उद्धार

रौतहटको बागमती नदिमा अचानक आएको बाढिमा फसेका १४ जना सर्वसाधारणलाई सुरक्षाकर्मीले उद्धार गरेको छ।

रौतहटको दुर्गाभगवती गाउँपालिका ३ मत्सरी स्थित बागमती नदीमा अचानक आएको बाढीले पानीको बहाव बढेपछि नदीको बीच टापुमा फसेका १४ जनालाई सुरक्षाकर्मिहरुको टिमले सकुशल उद्धार गरेको हो।

आइतबार दिउँसो पौने चार बजेको समयमा मुङको दाल टिपेर घर फर्किने क्रममा ११ जना महिला र ३ जना बालिका गरी १४ जना स्थानीय बासिन्दा बाढिको चपेटामा फसेका थिए।

नदिमा आएको बाढिले नदी पार गर्न नसकी टापुमा फसेका जानकारी पार लगतै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहत कार्यालयबाट सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा डिएमसहित खटिएका १७ जनाको उद्धार टोली रबर बोटको सहायताले सबै जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डिएसपी प्रेम सागर बिष्टले बताए।

प्रकाशित: ७ असार २०८३ १८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App