नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषध सहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्तीका क्रममा बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुईरदुई तथा सुनसरी र काठमाडौंबाट एक।एक जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, अफिम, खैरो हेरोइन तथा चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नमिल्ने ट्रामाडोल र स्पास्मो बरामद गरेको जनाएको छ।
प्रकाशित: १३ असार २०८३ १७:५१ शनिबार





