९ असार २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा मंगलवार राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साढे ७ बजेतिर ठक्कर दिएको जानकारी दिए।

बाटो क्रस गर्ने क्रममा बोलेर गाडीले मोटरसाइकल ठक्कर दिँदा दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार रहेका थिए। दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक कृष्णदेवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा राति साढे ८ बजेतिर मृत्यु भएको ट्राफिक प्रमुख न्यौपानेले बताए।

मोटरसाइकलको पछाडि सवार रहेका दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरीको नोबेलमा उपचार भइरहेको छ। बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोटरसाइकलमा समेत तीन जना सवार थिए।

पश्चिमबाट पूर्व आएर दक्षिणतर्फ जानका लागि बाटो काट्ने क्रममा बोलेरोले दक्षिणबाट उत्तर आएर पश्चिमतर्फ जान खोज्दै गरेको अवस्थामा मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटना गराएपछि फरार बनेको बोलेरो र चालक सप्तरी कंकालीका ३४ वर्षीय विनोद शर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार बिहान नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ पुस २०८० ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App