२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मदरसाको नाममा भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेमा एक मदरसाको रकम तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हिनामिना गरेको भन्दै विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। 

मदरसाका तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

बाँके नरैनापुर गाउँपालिका २ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापकले विभिन्न वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा गएको रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

जिल्ला शिक्षा कार्यालय बाँकेबाट आव २०७०/०७१ देखि २०७४/०७५ सम्म शिक्षक तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

अख्तियारले तत्कालीन प्रधानाध्यापकको हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरु बरबुझारथ नगरी लुकाएको, नोक्सान पुर्यााएको दाबी गरेको छ। कलिम अहमद जोलाह र बदरुददुजा खाँलाई भ्रष्टाचार गरेको कसुरमा १८ लाख ३ हजार रुपैयाँ, कैद मागदाबी लिई विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दर्ता गरेको हो।

प्रकाशित: १७ पुस २०८० १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App