१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नागरिककर्मी ललित विष्ट सम्मानित

नागरिक दैनिकका कालिकोट प्रतिनिधि संचारकर्मी ललित विष्ट सम्मानित भएका छन्।

‘सामाजिक सांस्कृतिक तथा भाषिक विकासमा दलितहरुको सान, मानव मर्यादा, अस्थित्व रक्षा र आत्म सम्मानका लागि प्रथम जिल्ला दलित सम्मेलन’ भन्ने मूल नाराका साथ कालिकोटको सदरमुकाम मान्ममा सोमबार सुरु भएको प्रथम जिल्ला सम्मेलनमा पत्रकार विष्ट सम्मानित भएका हुन्।

सञ्चार माध्यममा दलित समुदायका बालबालिकाको सवाललाई प्रकाशन तथा प्रसारणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मेलनले संचारकर्मी बिष्टलाई सम्मान गरेको हाे। कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेश सभाका सदस्य रनसिंह परिवारले सम्मान पत्र हस्तान्तरण गर्दै विष्टलाई सम्मान गरेका हुन्।

प्रकाशित: १६ पुस २०८० १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App