८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

किन फ्याँकिन्छन् ६४ टन खान्की?

यस्ताे पनि!

गत वर्ष बेलायतभरि ६४ लाख टन बराबरका खाना खेर फालिएको थियो। वेस्ट एन्ड रिसोर्सेस एक्सन प्रोग्राम (र्‍याप) ले गरेको अध्ययनमा सन् २०२१–२२ मा १७ अर्ब पाउण्डभन्दा बढीका खाना तथा तरकारी फ्याँकिएका थिए।

यो भनेको प्रतिव्यक्ति २५० पाउण्ड र चार जनाको घर बराबर एक हजार पाउण्ड रहेको र्‍यापको दाबी छ। ताजा फलफूल, तरकारी र सलादहरू पनि फ्याँकिएको अध्ययनमा देखिएको संस्थाले जनाएको छ।

दोस्रो नम्बरमा बढी फ्याँकिनेमा भात, रोटी, बेकरीका विभिन्न सामान, दुध र दुग्ध उत्पादनहरू तथा अण्डासमेत रहेको देखिएको छ।

सबैभन्दा बढी फ्याँकिने ताजा तरकारीहरूमा आलु पहिलो नम्बरमा रहेको छ। यस्ता सामग्रीहरूलाई थन्क्याउन र व्यवस्थापन गर्न स्थानीय काउन्सिलहरूलाई प्रतिवर्ष ५१ करोड पाउण्ड खर्च हुने गरेको समेत अध्ययनमा पाइएको छ।

फ्याँकिएका सामानहरूमध्ये २२ प्रतिशतचाहिँ भाग लगाएर बढी भएका वा खान नसकिएका देखिएको छ। सन् २०१८ को तुलनामा २०२१–२२ मा फ्याँकिने दर १० प्रतिशतले बढेको देखिएको छ।

कोभिड महामारीका बेला घरैमा सामान बनाएर खाइने हुनाले फ्याँकिने दर पनि बढेको आँकलन गरिएको छ।

यसरी पकाई तुल्याई गरेका सामानहरू बढी फ्याँकिनु, पकाउँछु भनेर ल्याइएका सामान उपभोग नगर्नुजस्ता कुराले बेलायतीहरूको सामाजिक व्यवहार नराम्रोसँग चिप्लिरहेको अध्ययन संस्थाको टिप्पणी छ।

पछिल्लो समय भने लभ फुड, हेट वेस्ट अभियान चलाउन शुरु गरिएको छ। कसरी घरका खान्की नफ्याँक्ने, लचिलो भान्सा तयार गर्नेजस्ता कुरा यस अभियानमा सिकाउन थालिएको छ। यस अभियानले खान्की फ्याँक्ने दर कम हुने अपेक्षा आयोजकहरूको छ।

 -अच्युत कोइराला

प्रकाशित: १२ पुस २०८० ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App