५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

११ भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन्। उनीहरूसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन्।

यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन्। उनीहरूसहित दुई बालबालिका समेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए।

यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए। यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उनले जानकारी दिए। फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन्।

कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो। कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो। फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए। अरु नवलपरासी (बर्दघाट–सुस्ता)पूर्वसहित अन्य जिल्लाका रहेका छन्।

हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताए। उनले भने, 'फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ।'

प्रकाशित: ९ कार्तिक २०८२ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App