७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अयोध्यामा राम मन्दिरको उद्घाटनः ससुराली नेपालबाट के जाँदैछ कोसेली ?

भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा नेपालबाट पनि कोसेली पठाइँदैछ। २२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने कार्यक्रम तय गरिएको छ। जहाँ भगवान रामको मामाघरबाट ३ हजार क्विन्टल चामल र ससुराली नेपालको जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाइने छ।  

त्यसबाहेक भारतकै विभिन्न राज्यबाट पनि विभिन्न कोसेली राम मन्दिरको उद्घाटनका लागि पठाइने बताइएको छ।  

भगवान रामको प्राण प्रतिष्ठाका दिन विशेष भोग लगाइने छ। जसका लागि उनको मामाघर भारतको छत्तिसगढबाट चामल र ससुरालीबा फलफूल र ड्राइ फ्रुट्स आउनेछ।  

जनकपुरधामबाट पठाइने सामग्री ५ जनवरी अयोध्या पुग्ने छ। यस्तै जनकपुरधामबाट आभूषण, चाँदीका भाडाकुडा, ५१ प्रकारका मिठाई, दही, फलफूल लगायतका रहनेछन्।

यस्तै उत्तर प्रदेशको एटा जिल्लाबाट भगवान रामका लागि अष्टधातुबाट बनेको २१ किलोको घन्टी अयोध्या पुग्नेछ। जुन २५ लाखको लागतमा बनेको छ र यसलाई ४ सय कर्मचारीले मिलेर बनाइरहेका छन्। यो घन्टी १५ फिट लामो र ५ फिट चौडा हुनेछ। इसको तौल २१ सय किलोको हुनेछ।

प्राण प्रतिष्ठाका लागि भारतको गुजरातको बडोदरा जिल्लाबाट १०८ फिट लामो अगरबत्ति पनि तयार गरेर पठाइँदैछ। यसलाई पंचगव्य र हवन सामग्रीका साथै गाईको गोबरले बनाइएको छ। जसको तौल ३५ सय किलो छ। यो अगरबत्ती ५ लाखको लागतमा ६ महिना लगाएर तयार पारिएको हो। ११० फिट लामो रथमा अगरबत्ती अयोध्या पठाइने छ। यो अगरबत्ती डेढ महिनासम्म जलिरहने पनि दावी गरिएको छ।

राम मन्दिरको प्राण प्रतिष्ठा पछि भगवान रामको चरण पादुका पनि राखिनेछ। अहिले भारतको विभिन्न राज्यमा उक्त पादुकाको परिक्रमा गराइँदैछ। १९ जनवरीका दिन पादुका अयोध्या पुग्नेछ। भगवान रामको पादुका हैदरावादका श्रीचल्ला श्रीनिवास शास्त्रीले बनाएका हुन्।  

प्रकाशित: ९ पुस २०८० ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App