६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अब कालिकोटमा ‘क्युआर स्क्यान’ बाटै प्रहरीमा उजुरी !

कालिकोट प्रहरीले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ।

परम्परागत उजुरी प्रक्रियालाई अझ प्रभावकारी बनाउन डिजिटल जमानामा डिजिटल तरिकाले उजुरी दिन सकिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

योसँगै यहाँका स्थानीयले गुनासो र उजुरीका लागी प्रहरी कार्यालय धाउनपर्ने बाधयताको अन्त्य भएको छ।

आइतबार मान्ममाका विभिन्न क्षेत्रमा ‘क्युआर कोड’ टाँसिएको छ। परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको प्रहरी प्रमुख अर्जुन केसीले बताए।

‘विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न क्युआर कोडकाे प्रयोग गरिएको हो’, प्रहरी प्रमुख केसीले भने, ‘ क्युआरबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ।’

यहाँका नागरिकले जुनसुकै ठाउँबाट पनि उजुरी तथा गुनासो दिन सक्ने प्रमुख केसीको भनाइ छ। ‘शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि स्थानीयले जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिन सक्नेछन्।’ उनले भने।

अब यहाँका स्थानीयले गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुनपर्ने उनले जनाए। उनका अनुसार उजुरीकर्ताको नाम गोप्य राखिने छ।

प्रकाशित: ८ पुस २०८० १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App