१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुस र युक्रेनमा मारिएकाको शव नेपाल ल्याइदेऊ: मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकको उद्दार गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले दुई देशबीचको युद्धमा परी मृत्यु भएका नेपालीहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न गैरकानूनी बाटोबाट  प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ती भएका र युद्धमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको संख्यामा रूस र युक्रेन दुवै तर्फको सेनामा कार्यरत रहेको भनी जानकारी आएको स्पष्ट पारेको छ।

आयोगले त्यहाँ जुनसुकै अवस्थामा रहेका आफ्ना नेपाली नागरिकको मानवअधिकारको संरक्षण र उद्दार गर्नु सरकारको कर्तव्य भएको स्पष्ट पारेको छ।

‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन,’ आयोगले भनेको छ, ‘घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन साथै भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न’ सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: १ पुस २०८० १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App