२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आज छैटौं राष्ट्रिय झण्डा दिवस

फाइल तस्बिर

आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको थियो।

२०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए। उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान सुरु गरेको बताए।

उनले भने, ‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा सम्झिने गर्छौं। झण्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको शुरुवात गरेका हौँ। नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ। युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो।’

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ।

प्रकाशित: १ पुस २०८० ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App