८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

आज र भोलि आंशिक बदली मात्र, वर्षा र हिमपातको छैन सम्भावना

मौसम पूर्वानुमान महाशाखाले शनिवार यता देशका पहाडी भू–भागमा आंशिक बदली हुने र अन्य भूभागमा मौसम सफा रहने जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको तीन दिने बुलेटिनमा जाडो याम सुरु भएयता धेरै पछि आज र भोलि वर्षा र हिमपातको कुनै सम्भावना नरहेको पूर्वानुमान गरेको हो।

आगामी शनिवार भने उच्च पहाडी र हिमाली भू–भागका एक दुई स्थानहरूमा हल्का हिमपातको पूर्वानुमान मात्र गरेको छ।

आज र भोलि दिउँसो, राती दुवै समयमा देशका पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

शनिवार भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ भने कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले देशमा अहिले पनि पश्चिमी वायुका सामान्य प्रभाव रहेको जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८० ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App