१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वर्षेनी २ हजार बढीले अकालमा ज्यान गुमाउँछन्

गत वर्ष सवारी दुर्घटनामा परी २ हजार ३७६ जनाले अकालमा ज्यान गुमाएका छन्।सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन गुमाइरहेका छन्।

कमजोर र गुणस्तरहिन सडक, मापदण्ड विपरित सडक बन्नु, चालकको लापवाही, ट्राफिक नियमको अवज्ञा, पूराना सवारी साधनको प्रयोग, भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम रोकिएका छैनन्।यस्ता घटनाको न्यूनिकरणका लागि सरकारी सक्रियता अपेक्षाकृत हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० असार मसान्तसम्म ३७ हजार ३९३ वटा सवारी दुर्घटना भएका छन्। त्यसमा परी २४ हजार ४८८ जना सामान्य घाइते भएका थिए भने ५ हजार ३७८ जना गम्भीर घाइते भएका छन् ।  

तथ्यांक हेर्दा सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकाभित्र भएका छन्।वर्षभरिमा उपत्यकाभित्र मात्रै १९ हजार २ सय ३९ सवारी दुर्घटना भएका थिए । त्यसमा १८७ जनाको ज्यान गुमेको छ । त्यसपछि दोस्रो नम्बरमा मधेश प्रदेशमा ८ हजार ३७६ सवारी दुर्घटना भएका थिए।त्यो दुर्घटनामा ४१२ जनाको अकालमा ज्यान गएको तथ्यांक छ।  

सुदुरपश्चिम प्रदेशमा ३२० वटा सवारी दुर्घटना भएका छन् । त्यसमध्ये १७७ जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेशमा ५ हजार १६३ सवारी दुर्घटनामा परी ४१२ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी बागमती प्रदेशमा १ हजार ९४२ सवारी दुर्घटना भएका थिए। त्यसमा २९९ जनाले ज्यान गुमाएका छन्। लुम्बिनी प्रदेशमा १ हजार २०२ सवारी दुर्घटना भएका थिए। त्यसमा ४६० जनाले ज्यान गुमाए।कर्णाली प्रदेशमा ६८३ सवारी दुर्घटना भए भने १३० जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: २६ मंसिर २०८० ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App