१० असार २०८१ सोमबार
image/svg+xml
समाज

चिसिँदै काठमाडौँ, बिहानको न्यूनतम तापक्रम ६.२

आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। 

यो तापक्रम यो वर्ष माप नभए मध्येको सबैभन्दा कम हो। काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। 

आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। यो तापक्रम यो वर्ष माप नभए मध्येको सबैभन्दा कम हो। महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका केही स्थानमा हिमपातको सम्भावना छ। 

त्यसैगरी पूर्वी तराईका जिल्लाहरूमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ। यो क्रमिक रूपमा हट्दै जाने र दिउँसो घाम लाग्ने महाशाखाले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८० ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App