७ वैशाख २०८१ शुक्रबार
समाज

आज माघे संक्रान्ति ! पानी पर्ला त ?

काठमाडौ– आज माघको पहिलो दिन । यानिकी माघे संक्रान्ति । आम सर्वसाधारणहरुको एउटा बुझाई छ, माघे संक्रान्तिमा सधै पानी पर्छ । त्यसो त आइतबार साँझको आकासले राजधानीमा पनि त्यसको छनक दिदै थियो । तथापी राती अवेरसम्म पानी परेन ।

मौसमवीदहरु पनि यसलाई संयोग मात्र भन्दै व्याख्या गर्छन । उनीहरुको जिकिर छ, ‘सर्वसाधारणको यो बुझाईमा वैज्ञानिक आधार केही पनि छैन ।’ त्यसो त अर्का वरिष्ठ मौसमवीद मणिरत्न शाक्य सर्वसाधारणको अनुभवलाई नकार्न नमिल्ने तर्क गर्छन । 

काठमाडौ विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ मौसमवीद मणिरत्न शाक्य भन्छन, ‘बुढापाकाहरुको अनुभवको आधारमा पनि माघे संक्रान्तिमा पानी पर्छ भनिएको होला । तर यो भनाई कहि कतै न कतै विज्ञानसँग मेल खान्छ ।’

यस्तै भन्छन मौसम पूर्वानुमान महाशाखाका मौसमवीद राजु प्रधानाङ्ग, ‘सर्वसाधारणहरुले भनेजस्तो पानी पर्छ भन्ने कुनै वैज्ञानिक आधार छैन । यो संयोग मात्र हो ।’ तरपनि उनले आइतबार दिउँसो चार बजे नागरिकसँग कुरा गर्दै भने, ‘सोमबार नेपालको पूर्वी र मध्य पहाडी भेगका एकदुई स्थानमा छिटपुट बर्षा हुनसक्छ । वा नहुने संभावना पनि छ ।’ त्यसो त महाशाखाले अहिले सम्म स्थानि विशेष तोकेर बर्षा वा हिमपातको पूर्वानुमान गर्न सकेको छैन ।

काठमाडौ विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ मौसमवीद मणिरत्न शाक्य भन्छन, ‘बुढापाकाहरुको अनुभवको आधारमा पनि माघे संक्रान्तिमा पानी पर्छ भनिएको होला । तर यो भनाई कहि कतै न कतै विज्ञानसँग मेल खान्छ ।’

उनका अनुसार यो समय हिउँदे बर्षाको समय हो । यसबेला चिसो हावा धेरै चल्छ । ‘हुनुपर्ने यस्तो हो, तर हिउँदे बर्षा कम हुदै गएको छ । हिउँद पानी पर्ने क्रम घट्दो छ’, शाक्यले भने, ‘पहिलेको हावापानीमा हुर्किएका पुस्ताको अनुभव हो, यो ।’ उनी एलिनोका कारण हिउँदे बर्षामा कमी आएको बताउँछन् ।

शाक्यको भनाईलाई मान्ने हो भने अब माघे संक्रान्तिमा पानी पर्छ भन्ने बुझाई गलत हुदै जानेछ । किनकी यसमा पनि जलवायु परिवर्तनको असर प्रमुख कारण हुनसक्छ । तर अध्ययन अनुसन्धान गर्नुपर्ने तर्क मौसमवीदहरुले गर्दै आएका छन् ।

सर्वसाधारणको यो बुझाईलाई उनले सेतो मछिच्द्रनाथको जात्रासँग पनि तुलना गर्छन । शाक्यले भने, ‘यो जात्रा चैतमा हुन्छ । बुढापाकाहरु सेतो मछिन्द्रनाथको रथ तान्नेबेलामा हुरीबतास र पानी पर्छ भन्छन । यो कुरा मौसम विज्ञानसँग पनि मेला खान्छ । किनकी चैत महिना भनेकै त्यस्तै हो हुरीबतास अत्यधिक आउँछ । क्षणिक बर्षा पनि हुन्छ ।’ 

सर्वसाधारणको बुझाई अनुसार सोमबार पानी पर्न पनि सक्छ र नपर्न पनि सक्छ । तर मौसमवीद प्रधानाङ्ग सोमबार पूर्वी र मध्य नेपालमा आंशिक बदली हुनसक्ने अनुमान गर्छन । ‘आज (आइतबार)को मौसमको अवस्थाले सोमबार पूर्वी र मध्य नेपालका पहाडी भेगका एक दुई स्थानमा छिटपुट बर्षा हुनसक्छ,’ उनको अनुमान छ । प्रधानाङ्गका अनुसार छिटपुट बर्षा भइहाल्यो भने चिसो बढ्छ । न्यूनतम तापक्रम घटदैन तर अधिकतम तापक्रम घटनसक्छ । यसले चिसो बढाउँछ । 

भारतको उत्तरपूर्वी क्षेत्रमा अवस्थित न्यूनचापिय रेखाले गर्दा नेपालका यस भेगका आकाशमा आंशिक बादल देखिएको छ । पूर्वबाट भित्रिएको पानीको वाष्फयुक्त वायुले गर्दा दुई दिन मौसममा केही बदलिएको छ ।

पूर्वी र मध्य नेपालको पहाडी भेगमा बादल लागिरहदा मध्य तराई कुहिरोमा रुमलिएको थियो । त्यसो त पूर्वी र पश्चिम तराई पनि लामो समयदेखि तुवालो र कुहिरोमा रुमलियो । आइतबारबाट मात्र यी क्षेत्रमा घाम लागेको छ । पश्चिम तराई अझ बढि उज्यालो भएको छ । ‘मध्य तराईका भू–भागमा अलि समस्या देखिएको छ । आइतबार पनि साझपखबाट मात्र मौसम सफा भएको देखिन्छ’, प्रधानाङ्ग भन्छन ।

उनले अपरान्ह्र चार बजेतीर पूर्वी र मध्य नेपालका पहाडी भेगका एक दुई स्थानमा बर्षा हुनसक्ने बताए । तर महाशाखाको नियमित बुलेटिनमा भने त्यो उल्लेख गरिएको छैन । ‘पूर्वी क्षेत्रमा आंशिक बद्ली हुन्छ । मध्य र पश्चिम नेपालका पहाडी भेग सफा हुन्छ । र, तराईका केही भुभागका साँझसम्म कुहिरोको संभावना छ,’ महाशाखाको बुलेटिनमा भनिएको छ । तथापी तराईका कुनकुन भूभाग भनेर बुलेटिनमा खुलाईएको छैन । 

 

 

 

प्रकाशित: ३० पुस २०७४ १८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App