४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

एसियाली निर्वाचन सम्मेलनद्वारा काठमाडौं घोषणापत्र जारी

‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ भन्ने नाराका साथ एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सकिएको छ।

२४ देशका निर्वाचन व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला संघ संस्थाका प्रतिनिधि सहभागी रहेको सम्मेलनले २७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ।

निर्वाचन प्रणालीमा सामयिक सुधार, निर्वाचन कानूनमा परिमार्जन, प्रविधिमैत्री  निर्वाचनको अंगीकार, निर्वाचनको निष्ठाको प्रवर्द्धन, मतदाता शिक्षामा नागरिकको पहुँच विस्तार, समावेशीकरण, मतदान केन्द्रको पूर्वाधार सुधार, निर्वाचन शिक्षामा सामाजिक संजालको प्रयोग, मिथ्या सूचनाको नियन्त्रण, वातावरण मैत्री निर्वाचन, निर्वाचनमा नागरिकको सहभागिता जस्ता प्रमुख विषय घोषणापत्रमा समेटिएका छन्।

सम्मेलनमा नेपाल र विभिन्न देशका विज्ञहरूद्वारा सात वटा विषय अन्तर्गत २४ वटा शीर्षकका विषयमा कार्यपत्र प्रस्तुति भएका थिए।

काठमाडौँमा सम्पन्न दुई दिने सम्मेलनको उद्घाटन बुधबार परराष्ट्रमन्त्री एनपी साउनले गरेका थिए। सम्मेलनमा निर्वाचन आयोगले संवैधानिक रूपमा स्वतन्त्र निकायका रूपमा काम गरेको र तीन तहको निर्वाचनलाई पटकपटक सफलतापूर्वक गरेको बताएका थिए।

पहिलो सम्मेलन सन् २०१२ मा थाइल्यान्ड त्यसपछि क्रमशः टिमोर–लेस्ते (२०१५), इन्डोनेसिया (२०१६), श्रीलंका (२०१८) मा भएको थियो। त्यसैगरी कोरोना महामारीका कारण पाँचौ सम्मेलन (२०२१) अनलाइनमार्फत गरिएको थियो। छैठौं काठमाडौंमा र अब सातौं सम्मेलन अर्को देशमा हुनेछ।

प्रकाशित: २१ मंसिर २०८० १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App