१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दतात्रयस्थित पुजारी मठ पुनःनिर्माण हुने

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।

छलफलमा स्थानीयहरूले मठ पुनः निर्माणका क्रममा मठका हरेक वस्तु संरक्षण गर्नुपर्ने, मौलिकतासँगै गुणस्तरमा ध्यान दिनुपर्ने, ठेकेदारहरूले संवेदनशील भएर पुनः निर्माण काम गर्नुपर्ने लगायतका सुझाव राखे।

छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुनः निर्माण कार्यको दौरानमा मठ भत्काउने क्रममा भेटिने प्रत्येक वास्तु र सम्पदाहरूको अभिलेखीकरणका साथै महत्त्वपूर्ण सम्पदाहरू सुरक्षित प्रदर्शनीको व्यवस्था गर्ने विषयमा सचेत पारे। प्रजापतिले विश्व सम्पदा क्षेत्रमा अवस्थित प्रसिद्ध मयुर झ्याल भएको पुजारी मठ पुनः निर्माण सबैको साझा चासो र सरोकारको विषय भएका पनि बताए।

यसअघि मंसिर १८ गते पुजारी मठ पुनः निर्माण कार्य व्यवस्थित रुपमा सञ्चालन गर्न भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा सदस्यहरू आर्किटेक्ट राम गोविन्द श्रेष्ठ, (सम्पदा शाखा भनपा), आर्किटेक्ट रीचा पौडेल ९राष्ट्रिय कला सङ्ग्रहालय० र ठेकेदार प्रतिनिधि पर्शुराम वैद्य र पुरातत्त्व विभागका इन्जिनियर विनीता भण्डारी रहने गरी सहजीकरण समिति गठन भएको थियो।

छलफल पश्चात् नगर प्रमुख प्रजापति सहितको टोलीले पुजारी मठ पुनः निर्माण कार्य र त्यहाँस्थित सङ्ग्रहालयको स्थलगत निरीक्षण गरेका थिए। यसअघिको छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मी, राष्ट्रिय कला सङ्ग्रहालयका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ, भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र प्राविधिक विनीता भण्डारीले पुजारी मठ पुनः निर्माणका गतिविधि र प्राविधिक पक्षमा प्रकाश पारेका थिए। 

प्रकाशित: २१ मंसिर २०८० १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App