१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भवन एउटाको प्रयोग अर्कैको

कतिपय स्थानीय तह भने अझै भाडाकै घरबाट सेवा प्रवाह गर्ने बाध्यतामा छन्। सदरमुकाममा सरकारी भवन भने धमाधम ठडिएका छन्, जहाँ सेवाग्राहीको कुनै चाप छैन।

'पुनःनिर्माण दिगो हुनुपर्छ'

गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछिको पुनःनिर्माण दिगो हुनुपर्ने बताएका छन्। २२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बिहीबार भक्तपुरमा भएको मुख्य कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार हुनुपर्ने बताए।

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणमा फेरि डोजर

गत माघसम्म विज्ञ सम्मिलित बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरीमा डोजर प्रयोग नगर्ने र पोखरी जस्ताको त्यस्तै बनाउने सहमति भएको थियो।

काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ। अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए।

ऐतिहासिक घतानकोत मन्दिर पुनःनिर्माण सम्पन्न

धार्मिक, एतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको घतानकोत मन्दिरको पुनःनिर्माण भएको छ।

तेस्रो किस्ता लिने बढे

वि.सं. २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिए । उन्का अनुसार ५३४ जनाले अहिलेसम्म सम्झौता गर्न आएका छैनन् ।

पुनःनिर्माणले नछोएका ८३ विद्यालय

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन। पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन्।

भूकम्पपछिको पुनःनिर्माण, बनेनन् सरकारी भवन नै

काठमाडौंमा भत्केका सरकारी भवनभवन निर्माण कार्य सम्पन्न भएको तथ्यांक छ। यो भवनको निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको जनाइएको छ।

भूकम्पले लडाएका ५६ हजार घरको पुनःनिर्माण सम्पन्न

नुवाकोटमा भूकम्पले क्षति पुगेका ५६ हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ। जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयुका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्प पीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घरको पुनःनिर्माण गरेका छन्।

सम्पदा पुनःनिर्माणको मूल्यांकन गरौं

वि.सं. २०७२ को महाभूकम्पपछि सयौंको संख्यामा राष्ट्रका गौरवका रूपमा रहेका मन्दिर, स्तुप, विहार, प्राचीन दरबार एवं घर, पाटीपौवा आदि कति पूरै भत्किए त कति नराम्रोसँग क्षति भए। जसको जीर्णाेद्धार तथा पुनःनिर्माण सरकारले नेपाल पुनःनिर्माण प्राधिकरण, पुरातŒव विभाग, विभिन्न संघसंस्था, गुठी संस्थान, एनजिओ, आइएनजिओ, नगरपालिका, गाउँपालिका तथा जिल्ला कार्यालय आदि सरकारी एवं गैरसरकारी निकायमार्फत गरिरहेको छ।

पुनःनिर्माण सन्तोषजनक भएन: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनक रूपमा हुन नसकेको बताएका छन्।

उपत्यकाको पुनःनिर्माण र स्मार्टसिटी विकासमा सहयोग गर्दै कोरिया

दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ।

ऊर्जा उत्पादन परियोजनमा प्रगति

एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ।

पुनःनिर्माणमा राजधानी नै सबैभन्दा कमजोर

भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे।

बुद्धविहार पुनःनिर्माणका लागि महानगरको एक करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदाआफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्