२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मिचौङ्ग आँधीको असर भोलिसम्म कोशी र मधेश प्रदेशमा

भारतको समुद्रमा देखिएको मिचौङ्ग आँधीको प्रभाव नेपालमा पनि देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा र मिचौङ्ग आँधीका कारण नेपालको कोशी र मधेश प्रदेशमा आज बिहानैदेखि मौसम बदली भइ हावाको गतिमा परिवर्तन आएको छ।

मौसमविद सञ्जीव अधिकारीले मिचौङ्ग आँधीका कारण मधेश र कोशी प्रदेशमा हवाई उडान प्रभावित बन्नुका साथै हावाको गति बढेको बताए। उनले मिचौङ्ग आँधीको ठूलो प्रभाव नपरेपनि सामान्य प्रभाव देखिएको पनि बताए।

उनले आज र भोलिसम्म मिचौङ्ग आँधीको प्रभाव यी दुई प्रदेशमा देखिएपनि पर्सिदेखि विस्तारै मिचौङ्ग आँधी कमजोर हुँदै जाने पनि बताए।

भारतको चेन्नईमा भने मिचौङ्ग आँधीको ठूलो असर देखिएको छ। आँधीका कारण हालसम्म ५ जनाको मृत्यु समेत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय मौसम विभागका अनुसार मिचौङ्ग आँधी चेन्नईदेखि १३० किलोमीटर उत्तरमा अवस्थित रहेको छ।

आँधीका कारण चेन्नईको जनजीवन प्रभावित बनेको छ।

प्रकाशित: १९ मंसिर २०८० ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App