८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बदनाम ‘एग फ्राई राइस’

यस्तो पनि!

चीनका माओ जेदोङले कोरियाली युद्धका बेला आफ्ना छोरा माओ एनिङलाई छिमेकीलाई सहयोग गर्न र कम्युनिस्ट शासन जोगाउन युद्धमा पठाएका थिए।

घमासान युद्धमा दुवैतर्फ निकै क्षति पुग्यो। तर सबैभन्दा ठूलो धक्का चाहिँ माओलाई भयो किनभने उनका छोराले सो युद्धमा सहादत प्राप्त गरे।

उनी कसरी मारिए भन्ने एउटा कथा प्रचलित छ।

जुन ठाउँमा उनी तैनाथ थिए, त्यहाँ उनले खाना खाने बेलामा वरिपरिका झिँगटी भेला पारे र एग (अण्डा) फ्राई राइस बनाए। खान्की बनाउने क्रममा जुन ठाउँमा धुँवा देखापर्‍यो, त्यहाँ चिनियाँ सैनिक रहेछन् भन्ने चाल अमेरिकीहरूले पाए र रकेट प्रहार गरे।

सन् १९५० नोभेम्बर २५ को दुर्भाग्यपूर्ण दिनमा माओ एनिङको एग फ्राई राइसका कारण मृत्यु भयो। यो मैले भनेको होइन। हालै चिनियाँ सेलिब्रिटी भान्से (सेफ) वाङ ग्याङले एग फ्राई राइस कसरी पकाउने भन्ने कथा हाल्दा यो कथा सुनाए।

अब यी वाङले रमाइलोका लागि सुनाएका थिए तर के के कुरामा ठट्टा गर्नु हुँदैन भन्ने थाहा भएन भने अनेक झमेला आइपुग्छ। सन् २०१८ मा चीनले एउटा विधेयक पास गरेर राष्ट्रिय नायक तथा शहीदहरूमाथि कुनै पनि किसिमको अपमानजनक व्यवहार गरिन नहुने बताएको छ।

यसपछि त उनको काम पुगेन!

उनले भिडियोलाई चिनियाँ युट्युब वेइबोमा हालेका थिए। उनका ३३ लाख फलोअरले मध्ये धेरैले यति धेरै गाली गरे कि माफी माग्दै सो भिडियो हटाउनुपर्‍यो । यता चीनको इतिहास चिहाउने आधिकारिक संस्था द चाइनिज एकेडेमी अफ हिस्ट्रीले माओ एनिङको यो कथा वाहियात भएको टिप्पणी गरेको छ। यो कथा चीनमा यति बदनाम छ कि कसैले पनि चिनियाँ रेस्टुराँमा ‘एग फ्राई राइस’ माग्यो भने माओलाई नै अपमानित गरिएको ठानिन्छ।

प्रकाशित: १८ मंसिर २०८० ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App