१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

गुल्मीमा नेपाली सेनाको गण पुनः स्थापना हुने

गुल्मीमा नेपाली सेनाको गण पुनः स्थापना हुने भएको छ। सुरक्षाका दृष्टिकोणले गण आवश्यक देखिएकाले पुनः स्थापनाको प्रक्रिया अगाडी बढाइएको हो। द्वन्द्वकालमा नेपाली सेनाको गण बसिरहेकामा विगत केही वर्षदेखि यहाँ गुल्म रहँदै आएको छ।

सदरमुकाम तम्घासमा नेपाली सेनाको गण पुनः स्थापनाका लागि पहल थालिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

गत कात्तिक २१ गते रेसुङ्गा नगरपालिकाले नेपाली सेनाको प्रधान कार्यालयलाई औपचारिक पत्र पठाएको र गण पुनः स्थापनाका लागि रक्षामन्त्री पूर्णबहादुर खड्का, रक्षा सचिव किरण शर्मा र प्रधानसेनापतिसँग आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उनले बताए। 

जिल्लामा दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको, हाइड्रो पावरहरि रहेको, विमानस्थल रहेको, भौगोलिक अवस्थाले निर्वाचनमा सुरक्षाको चुनौती लगायतका कारण नेपाली सेनाको जनशक्ति आवश्यकता भएको भन्दै गणको पुनः स्थापनका लागि आग्रह गरिएको नगरप्रमुख पन्थीले बताए।

‘गुल्मी भौगोलिक विकटता तथा जनसङ्ख्याको दृष्टिकोणले ठुलो जिल्ला हो, ‘उनले भने, ‘यस जिल्लामा शान्ति सुरक्षा, विपद्, उद्धार, राहत जस्ता कार्यको लागि समेत सदरमुकाममा गणको आवश्यकता छ।’

यस जिल्लामा दुई वटा हाइड्रो–पावर छन्। संसदीय निर्वाचन क्षेत्र दुई वटा रहेकोले निर्वाचनमा सुरक्षाको लागि समेत नेपाली सेनाको जनशक्ति बढी आवश्यकता भएको भन्दै गणको पुनः स्थापनका लागि आग्रह गरिएको नगरप्रमुख पन्थीले बताए।

विगतमा सदरमुकाम तम्घासका अलावा इस्मा र वामीटक्सारमा समेत नेपाली सेनाका पोस्टहरु रहेकोमा हाल तम्घासमा गुल्म मात्र रहेको छ। गुल्ममा भन्दा गणमा करिब चार गुणा सङ्ख्यामा सेना रहन्छन्।

प्रकाशित: १६ मंसिर २०८० १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App