अर्घाखाँचीको छत्रदेवमा खरबारीबाट लड्दा एक जनाको ज्यान गएको छ।
छत्रदेव गाउँपालिका ८, काफल डाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
४८ वर्षीय बिक बिहीबार बिहान घर नजिकै घाँस काट्न गएका थिए। खरबारीमा चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागी गुल्मी जिल्ला अस्पताल लगिएको थियो।
बेलुका पौने छ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १४ मंसिर २०८० १४:०१ बिहीबार