७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा सहित १५ पक्राउ

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा सहित १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले उनीहरु अहिले पहरी हिरासतमा रहेको बताए।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

यसअघि प्रहरीले हिजो नै गौशालाबाट धर्मगुरु श्री निवास आचार्यलाई पनि पक्राउ गरेको थियो। मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईँले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित: १२ मंसिर २०८० ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App