१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा बालिकाको मृत्यु, क्षतिपूर्ति माग गर्दै सडक अवरुद्ध (अपडेट)

चालकलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा मृतकका परिवार तथा आफन्तले सडक अवरुद्ध गरेका छन्।

ट्यांकरले ठक्कर दिँदा आइतबार बेलुकी १७ वर्षीया बालिका सालिनी पाठकको घटनास्थलमै मृत्यु भएको थियो।

धम्बोझी चोकमा बेलुकी ६ बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का दिलिपकुमार पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार बालिकाको घटनास्थलमै मृत्यु भएको थियो। ठक्करबाट बालिकाका बुवा पाठक घाइते भएका छन्। उनको अहिले उपचार भइरहेको छ।

चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले स्थानीय धम्बोझी चोकमा टायर बालेर सडक अवरुद्ध गरेको र प्रहरीले सडक खुलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए।

‘पीडित पक्षले क्षतिपूर्ति र चालकलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गर्नु भएको थियो, हामीले चालकलाई नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने ‘कानुन बमोजिम उहाँहरूले क्षतिपूर्ति पाउनु हुन्छ।’

प्रकाशित: ११ मंसिर २०८० ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App