२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चुरे संरक्षण अपरिहार्य

नेपालको जीवन रेखा चुरेको संरक्षण र चुरेको विकास अपरिहार्य रहेको चुरे संरक्षण सम्बन्धि कार्यक्रमका वक्ताहरूले जोड दिएका छन।

हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला रहेको कोमल चुरे पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला ,चुरे शिवालिकको नामबाट पनि परिचित रहेको छ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरूमा झण्डै ८०० किलोमिटर क्षेत्रमा फैलिएको चुरेको कुल भू–भागको १२।७८ प्रतिशत चुरे क्षेत्र नेपालमा पर्दछ।अधिकांश ठाउँमा मधेसको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे शिवालिक पहाड रहेको छ। सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारत रेन्जबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई मधेश तर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ।

मधेसमा चुरे भावर क्षेत्र खानेपानीका लागि एक मात्र श्रोत रहेको छ। चुरे विनाश ले मधेशको उपजाउं भूमि बंजर र पानी को हाहाकारप्रति  कार्यक्रमका अधिकांश वक्ताहरूले चिन्ता व्यक्त गरे।

चुरे विनाश ले मधेशमा डुबान ,बाढी ,कटान र जनधनको ठुलो क्षती का साथै चुरे विनाशले मधेशमा कृषि उत्पादनमा ह्रास हुदै आएको छ। राज्यद्वारा चुरे विनाशका लागि नीतिगत रुपमा गर्दै आएको सुकुम्बासी को नाममा लालपुर्जा वितरण ,मानव वस्ती विस्तार ,विद्यालय,कालेज, र अस्पताल सहित भौतिक पुर्वाधार विकास निर्माणमा सहयोग गर्ने कार्य तत्काल नरोकिएमा चुरे विनाश भैई भयावह अवस्था आउने निश्चित रहेको चुरे विज्ञहरूले जोड दिएका छन।

भुसंरक्षण,जल संरक्षण,वन संरक्षण र जैविक विविधताको संरक्षण नै मानव सभ्यताको संरक्षण रहेको तर पर्यावरण को महत्त्व नबुझ्ने संघीय सरकारले ढुङ्गा ,गिट्टी र बालुवा निकासी विधेयक संसदमा दर्ता गराएर चूरे लाई विनाश गर्न षड्यन्त्र गरि रहेको चुरे विज्ञ डा विजय सिंहले उल्लेख गरे।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान को आयोजनामा भएको चुरे संरक्षण तथा विकास कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका  सभामुख राम चन्द्र मंडल,प्रदेश सांसदहरु रामअशिष यादव , शारदा पहाडी ,चुरे विज्ञ डा विजय सिंह ,डा। पारशनाथ यादव,नागदेव यादव सहितका वक्ताहरूले चूरे संरक्षण विषयमा विचार व्यक्त गरेका थिए।

प्रकाशित: ८ मंसिर २०८० १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App