७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तीनकुनेमा सर्वसाधारणलाई पक्राउ गर्दै प्रहरी

काठमाडौँको तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधरणहरुलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ। शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त क्षेत्रमा आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गर्न लागेका छन्। केही समय अगाडि आन्दोलनको तयारी गरिरहेका दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड गरेको छ।

आन्दोलनको तयारी गर्न काठमाडौँको तीनकुनेमा जम्मा हुन लागेका प्रसाईं समर्थकलाई प्रहरीले तितरबितर पारेको हो। सो क्रममा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ।

त्यस्तै प्रसाईंको भक्तपुरस्थित निवास आसपासमा भने धेरै मात्रामा प्रहरी परिचालन भएका छन्। भक्तपुर जिल्ला प्रहरी कार्यालयले प्रसाईँको सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ। 

यता काठमाडौँ प्रशासनले भने उनलाई प्रदर्शनका लागि हालसम्म अनुमति नदिएको बताएको छ।

बिहीबार काठमाडौँको बल्खु क्षेत्रमा आन्दोलन गरेको प्रसाईं समूहले आज तीनकुने क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको छ। 

प्रकाशित: ८ मंसिर २०८० ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App