१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खैरहनी नगरपालिका कर्मचारी विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आयोगले  चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध रू ३१ लख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको छ।  

त्यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ। वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध एक करोड १९ लाख पाँच हजार, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध ८९ लाख दुई हजार छ सय ६५ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। कुमरोज मध्यवर्ती सामुदायिक वन उपभौक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध १३ लाख ३१ हजार दुई सय १७ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ।  

प्रकाशित: ७ मंसिर २०८० १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App