७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यति बेलासम्म शान्त छ उपत्यका

बिहान १० देखि ११ बजेसम्म बल्खुदेखि तीनकुने क्षेत्रको निरीक्षण गर्दा राजधानी शान्त देखिएको छ।  तर सडकका दुवै किनारमा  सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बख्तर बन्द गाडी र एम्बुलेन्स  तयारी अवस्थामा छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ।

सडकमा सवारी सधान निकै कम चलेकाले बन्दको दिनको झल्को दिएको छ। यात्रुहरू चोक चोकमा बसको लागी उभिएका देखिन्छन्।

भेला हुने दुई क्षेत्र मध्ये बल्खु क्षेत्रमा  राष्ट्रिय झन्डा बोकेर आएका केही समूह देखिएका छन्। उता तीनकुने क्षेत्रमा रातो टोपी लगाएर जम्मा हुनेको सङ्ख्या बढ्दै गएको देखिन्छ।

विशेष गरी सुरक्षा निकाय कलङ्की–बल्खु र तीनकुने क्षेत्रमा हाई अलर्टमा बसेको देखिन्छ। यी क्षेत्रमा सुरक्षाकर्मी निकै बाक्लो उपस्थिति छ। रिङ रोडका दुवै किनारमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्। सुरक्षाकर्मीहरूले रिङ रोड छिर्ने चोकहरूलाई विशेष निगरानी गरेको देखिएको छ।

रिङ रोड भित्र काठमाडौँका भित्री सहरमा भने सुरक्षाकर्मीको खासै उपस्थिति  देखिँदैन। भित्रका माइतीघरलगायतका शीतल निवास,प्रधानमन्त्री निवास, मन्त्री निवास क्षेत्र वरपर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ।

सडकमा सार्वजनिक र निजी सवारीसाधनहरू अत्यन्त न्यून सङ्ख्यामा गुडिरहेका छन्। सार्वजनिकमा ट्याक्सी र केही छिटपुट रूपमा रुटका बसहरू सञ्चालनमा छन्। निषेधाज्ञाका कारण माइतीघर क्षेत्र सामान्य छ।

प्रकाशित: ७ मंसिर २०८० ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App