७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यी तीन प्रदेशमा आज हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ।

महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट जोगिन पनि आग्रह गरेको छ।

प्रकाशित: ७ मंसिर २०८० ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App