७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

कैलालीको टीकापुर उद्यानमा एकै दिन १० हजार बढी पर्यटक भित्रिएका छन्। शनिबार मात्रै तीन लाख बढी राजस्व सङ्कलन भएको छ।

स्यालको टोकाईबाट छ जना घाइते

गुर्भाकोट नगरपालिकामा स्यालको टोकाईबाट छ जना घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष राम डाँगीले बताए।  

एक महिनामा दुई सय ३१ वटा सवारी साधन दुर्घटना

असोज २७ देखि कार्तिक ३० गतेसम्मको अवधिमा दाङमा दुई सय ३१ वटा सवारी साधन दुर्घटना भएको छ। दसैं र तिहारको समयमा भएका उक्त दुर्घटनामा ६ जनाको मृत्यु हुँदा दुई सय २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

कोरोनापछि सबैभन्दा बढी पाहुना यो सिजनमा

कोरोना भाइरस संक्रमण अघिकै हाराहारीमा विदेशी पाहुना भित्रिएको भन्दै अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यावसायी मख्ख परेका छन्। पदयात्राका लागि सबैभन्दा उत्तम समय अक्टोवर र नोभेम्बर महिना मानिने यस वर्ष अन्नपूर्ण क्षेत्रका होटलको अकुपेन्सी सत प्रतिशत भएको छ।  

पहाडी समुदायले पनि छठपर्व मनाउँदै

तराई समुदायमा मनाउँदै आएको छठपर्व पछिल्ला वर्ष पहाडिया समुदायले पनि मनाउन थालेका छन्। नारायणी नदी किनारमा छठपर्व मनाउँदा १० प्रतिशत पहाडी समुदायको उपस्थिति हुने तराई सामुदायिक सेवा समितिको भनाइ छ।

मिथिलाञ्चलमा छठ पर्वको हर्षोल्लास

सूर्य उपासनाको महान् पर्व छठ आइतबार अस्ताउँदो सूर्यलाई अर्घ चढाएर मनाइदै छ। शुक्रबार नहाय खाय तथा शनिबार खरनाको खिर भगवानलाई भोग लगाई आफूले खाएर निर्जल र निराहार व्रतको सुरुवात गरेका व्रतालु सोमबार बिहान उदाउँदो सूर्यदेवलाई अर्घ दिएपछि मात्र व्रतालु अन्नजल गर्ने गर्दछन्।

मन्दिर आसपास मदिरा र मासु बिक्रीवितरणमा रोक

सुनसरीको बराहक्षेत्र मन्दिर आसपासको ५ सय मिटर वरपर सञ्चालित होटलमा मदिरा र मासु बिक्री वितरणमा रोक लगाइएको छ। अटेर गरे दण्ड–जरिवाना गरिने भएको छ।

प्रकाशित: ३ मंसिर २०८० १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App