१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मेची राजमार्गमा बस दुर्घटना, ३६ यात्रु घाइते

इलामको रोङ गाउँपालिकास्थित मेची राजमार्गमा पर्ने कोल्बुङमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन्।  

धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदै गर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो।

अरू घाइतेको उद्धार भइरहे पनि ११–१२ वर्षको देखिने एक बालक अहिले पनि रुखमा अड्किएको अवस्थामा रहेको र उनको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगूले बताए।

बसमा सवार ३७ मध्ये ३६ जना घाइते भएका हुन्। घटनास्थलमा उद्धार कार्य जारी छ। 

प्रकाशित: ३ मंसिर २०८० १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App