६ वैशाख २०८१ बिहीबार

मर्मत नसिकँदै भत्कियो मेची राजमार्गको नाली

झापाको सीमा जोरकलशदेखि कुटीडाँडासम्मको मेची राजमार्ग खण्डको नाली मर्मत नसकिँदै भत्किएको छ। राजमार्गको नाली मर्मतमा ‘चरम लापरबाही’ गरिएपछि स्थानीय आक्रोशित छन्।

मेची राजमार्ग बन्द, ठप्प छ यातायात

आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी आज र भोलिका लागि मेची राजमार्ग बन्द आह्वान गरिएको हो।

मेची राजमार्ग बन्दले जनजीवन प्रभावित

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आह्वान गरेको बन्दका मेची राजमार्गमा सवारीका साधन चल्न सकेका छैनन्।

मेची राजमार्गमा बस दुर्घटना, ३६ यात्रु घाइते

इलामको रोङ गाउँपालिकास्थित मेची राजमार्गमा पर्ने कोल्बुङमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन्।

अवरुद्ध मेची राजमार्ग सञ्चालन

सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो।

पहिरोले मेची राजमार्गको फुङलिङ–काबेली क्षेत्रको सडक अवरुद्ध

ताप्लेजुङको खोक्से क्षेत्रमा गएको पहिरोका कारण मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड अन्तर्गत फुङलिङ–काबेली क्षेत्रमा सडक अवरुद्ध भएको छ।

मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग

मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै गाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो।

भाडाको विषयलाई लिएर मेची राजमार्गमा सवारी चलाउन अवरोध

यातायात व्यवसायीका प्रतिनिधि, प्रशासन र सरोकारवालाको संयुक्त बैठकले निर्धारण गरेको भाडामा असहमति जनाउँदै १ समूहले मेची राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध प्रयास गरेको छ।

झापामा हावाहुरीसहितको असिनाले क्षति

'हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ’, उनले भने, ‘स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ।’

ठेकेदारको ‘बेवास्ता’ले मेची राजमार्ग मर्मतमा ढिलासुस्ती

सडकको तल्लोपट्टि पर्खाल लगाउने काम सकिएपनि तारजालीको काम रोकिँदा कालेपत्रे गर्ने काममा समेत बाधा पुगेको डिभिजन सडक कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालय इलामले स्थानीय तहसँग माग्यो संरचना हटाउन सहयोग

इलामले मेची राजमार्ग क्षेत्रमा पर्ने सबै स्थानीय तहलाई सडकको क्षेत्राधिकार भित्रका संरचना हटाउने कार्यको सहजीकरणमा सहयोग गर्न अनुरोध पत्र पठाएको हो।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।

मेची राजमार्ग कि ‘खाल्डामार्ग’

झापाबाट मेची राजमार्ग भएर यात्रा अघि बढाउँदा पहाडका सुन्दर ठाँउ र बस्तीहरु देखिन्छ। इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म यो राजमार्ग भएर यात्रा गर्दा अनेकन सुन्दर ठाँउहरु भेटिन्छन्।

मेची राजमार्गको बाइपास बनाउन समस्या

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको छ। बाँकी भाग पनि चिरैचिरा परेको छ। पहिरो गएयता यहाँबाट सवारी साधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्