७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

मोबाइल एपबाटै दमकल सेवा

धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक मोबाइल एप मार्फत दमकल सेवा सुरु गरेको छ। मोबाइल एपमा रहेको दमकलमा क्लिक गरे उपमहानगरको कार्यालयमा साइरन बज्ने छ भने नगर प्रहरी र सम्बन्धित कर्मचारीको मोबाइलमा आफै मेसेज गइ दमकल सेवा लिन सकिने छ।

जाजरकोटमा ९ हजारभन्दा बढी घर पूर्णरूपमा क्षति

जाजरकोटका ७ स्थानीय तहका ९ हजार ७९४ घर पूर्णरूपमा भत्किदाँ २४ हजार ७०७ घरमा आंशिक क्षति भएको छ। ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित, ९४ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटको भनाइ छ।

भूकम्प पीडितका लागि सलाइन पानी सहयोग प्रदान

एक्जा प्यारेन्टेरल्स् लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सलाइन पानी सहयोग प्रदान गरेको छ। लिमिटेडका नेपाल प्रमुख गोपाल साउदद्वारा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई २७ हजार सात सय ५० बोतल सलाइन पानी हस्तान्तरण गरेका छन्।  

दुईवटा चिनियाँ जहाजमार्फत राहत सामाग्री पोखरा ल्याइयो

चीनले दुईवटा एयरक्राफ्टमार्फत पठाएको चार हजार छ सय ब्ल्यांकेट र ६ सय थान टेन्ट सामाग्री चिनियाँ राजदूत छन् सङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। २८ करोड रुपैयाँ मूल्य बराबरका ती सामाग्री पोखराबाट ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाइने गृहमन्त्री श्रेष्ठको भनाइ छ।  

प्रदेशका मन्त्री अटोमै हिँड्न बाध्य

उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार कहिले हिँडेरै त कहिले अटोमै सवार हुन बाध्य छन्। मन्त्रालयमा सवारी साधन नहुँदा र भएको एउटा गाडी पनि बिग्रिरहने समस्याका कारण दुख खेप्नु परेको मन्त्रीको गुनासो छ।

प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोली बिहीबार काठमाडौं जाँदै छ। प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिने भएको छ।

दस महिनापछि संसदीय समिति गठन

कोशी प्रदेशमा दस महिना पछि संसदीय समिति गठन भएको छ। सभापति चयन नभए पनि ७ वटा समितिका सदस्य चयन गरिएको उपसभामुख सृजना दनुवारको भनाइ छ।

प्रकाशित: २२ कार्तिक २०८० १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App