५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै

सिटी सवारी चालकहरूलाई सडक सुशासन र ट्राफिक नियमबारे सडकमै मोरङ ट्राफिकले जानकारी दिन थालेको छ।  

सडक साँघुरो हुनुका साथै सडकमा अवस्थिति तवरबाट सिटी सफारी चलाउँदा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले ‘अन द स्पोट’कक्षा सञ्चालन थालेको हो। पछिल्लो समय नगर क्षेत्रभित्र तथा मुख्य राजमार्गमा अवस्थिति तवरबाट सिटी सफारी चलाउँदा दैनिक दुर्घटना बढेपछि चालकहरूलाई भेला गराई ‘स्पोट’मा नियमबारे जानकारी गराउन थालेको मोरङ ट्राफिक कार्यालयले जनाएको छ।  

सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक सचेतना कार्यक्रम चलाएको बताउँदै, मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले भने,  ‘अन द स्पोट’ अर्थात् सडकमै चालकहरूलाई सडक र ट्राफिक नियमबारे जानकारी गराउन कार्यक्रम गर्न थालेका छौँ। कार्यक्रमको मुख्य उद्देश्य भनेको दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन पालना गराउनु हो।’

विराटनगरको रानी क्षेत्रमा सिटी सफारीका चालकलाई भेला गराई सडक अनुशासन, सडक लेन, ट्राफिक चिन्ह तथा सडक रेखाको जानकारी गराइएको थियो। ट्राफिक प्रमुख न्यौपानेले चालकहरूलाई ट्राफिक नियम, जरिवाना, सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताबका बारेमा बताएका थिए।  

 

प्रकाशित: २२ कार्तिक २०८० ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App