१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

राउटे महामुखियाको निधन

राउटे समुदायका अगुवा तथा महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेरमा आइतबार निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनीको आइतबार निधन भएको हो।

राउटे समुदायका सदस्यहरूले महामुखियालाई नजिकै गाड्ने छन्। राउटे सदस्यको मृत्यु भएपछि उनीहरु बस्ती छोडेर अन्यत्र सर्ने गर्दछन्।

स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ सालदेखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई दिएर महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो।

दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा राउटे समुदाय बसाइँ सरेको पाँच दिनमा महामुखियाको निधन भएको हो। महामुखियाको निधन भएसंगै राउटे नयाँ ठाउँमा बसाई सर्ने तयारीमा छन्। राउटे समुदायका कुनै पनि सदस्यको मृत्यु भएपछि उनीहरु बसाई सर्ने गर्दछन्।

अहिले राउटे समुदायमा गोत्र अनुसार तिन जना मुखिया रहेका छन्। २०७२ सालको भूकम्पपछि गोत्र अनुसार राउटे समुदायमा तिन वटा मुखियाहरू चुनिएका थिए। जसमा सुर्यनारायण शाही (राजकोटी), वीरबहादुर शाही (कलेल) र दिलबहादुर शाही (सुवंशी) गोत्रबाट मुखिया चुनिएका हुन्। राउटे बस्तीमा अहिले जनसंख्या घटेर १ सय ४१ जना रहेका छन्।

प्रकाशित: १९ कार्तिक २०८० १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App