७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बेपत्ता विपिन जोशीको सुरक्षाको लागि सरकारको आग्रह

सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको हो।

'विपिन जोशी ०७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणको दिनदेखि बेपत्ता छन् र उनको ठेगाना अझै अज्ञात छ। मन्त्रालयले श्री विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षा र सुरक्षाको लागि आह्वान गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले उनीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ।

प्रकाशित: १० कार्तिक २०८० १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App