२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेमा मूर्ति विसर्जनको लागि सुरक्षा व्यवस्था कडा

दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ।

मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षाव्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

उनले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको बताए।ती स्थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ। सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ।  

भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक काम बाहेक आज एक दिनका लागि आउन कडाइ गरिएको छ।जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्रप्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ। 

नेपालप्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ।दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए।

सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्रप्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्लासुरक्षा समिति बाँकेले जनाएको छ।अहिले मूर्ति विसर्जन गरी यहाँको राप्ती नदीतर्फ सेलाउनका लागि लगिएको छ।

प्रकाशित: ८ कार्तिक २०८० १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App