१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगरमा फूलपाती बडाइँ (फोटो फिचर)

तस्बिर : चुमन बस्नेत

घटस्थापनाको सातौं दिन अर्थात् फूलापती शनिबार विराटनगरमा धुमधामका साथ भित्रायाइएको छ।

बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा विराटनगर–७ स्थित निशान भगवती मन्दिरमा फूतपाती  भित्रायाउनका लागि पूजाआज गरिएको थियो। विधिपूर्वक पूजाआजपछि त्यहाँबाट डोलीमा फूलपाती बोकेर बंगलामुखी मन्दिर पुगेको थियो।

कदली, दाडिम, धान्य, हरिद्रा, अशोक, मानक, कर्चुर, बेल, जयन्तीलगायतका नवपत्रिका संकलन गरी सप्तमीका दिन फूलपातीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ।विधि अनुसार षष्टी अर्थात् फूलपातीको अघिल्लो दिन बेलको बोटलाई पूजा गरी निमन्त्रणा दिने र फूलपातीका दिन तोकिएको साइतमा ३ वटा भएको बेलको फल टिपिन्छ।

निशानी भगवतीबाट डोलीसहित आएको  समूहले बंगलामुखी मन्दिरमा रहेको मेलको बोटमा पूजाआजापछि बेल टिपी भगवतीको नाममा एक तोपको सलामी दिइएको थियो।यसरी संकलन गरिएका फूलपाती घटस्थापना गरिएको जमरा घरमा भिœयाउने चलन छ फूलपातीका दिन भित्राइएका नवपत्रिकाहरू कालरात्रीका दिन नव देवीका रुपमा पूजा गर्ने चलन रहँदै आएको छ।

बंगलमुखी मन्दिरमा विधिपूर्वक पूजाआजा सकेर विराटनगरको मुख्य बजार क्षेत्र परिक्रमा पश्चयात पुनः निशान भगवतीमा पुगेर फूलपाती भित्राइएको छ । निशान भगवतीमा पूजाआजा गर्दै बोका, खसीको बली दिँदै एक तोपको सलामी अपर्ण गरेको थियो।

फूलपाती बढाइँमा नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखलगायत स्थानीयहरु फूलपाती बढाइँमा सहभागी भएका थिए। 

प्रकाशित: ४ कार्तिक २०८० १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App