२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय विमानमार्फत् इजरायलबाट फर्कदै १९ नेपाली, गौरीफन्टा हुँदै नेपाल ल्याइने

तस्बिर: भारतीय विदेश मन्त्री एस जयशंकरको सामाजिक सञ्जाल एक्सबाट।

आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। 'उन्नाइस जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ', उनले भने।

मन्त्रालयले स्थानीय समयअनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरिएका नेपालीलाई भारतको  गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०८० १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App