२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

आज देखि सोह्रश्राद्ध सकिदै

आज देखि सोह्रश्राद्ध सकिदैछ।प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिसोह्रश्राद्ध सकिन लागेको हो।

असोज १३ गते देखि प्रतिपदा र द्वितीया तिथि श्राद्ध सुरु भई आज औँसी तिथिको श्राद्ध गरेपछि  सोह्रश्राद्ध सकिन लागेको हो।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराका कर्मकाण्डका ज्ञाता बताउँछन्।

प्रकाशित: २७ आश्विन २०८० ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App